ताप्लेजुङ,
ताप्लेजुङ जिल्ला अदालतले सरकारी कागजात किर्ते मुद्दामा २६ जनालाई दोषी ठहर गरेको छ । कृषि विकास बैंक ताप्लेजुङ शाखाका तत्कालिन प्रमुख गणेश खतिवडासहित २६ जनालाई एक वर्ष कैद र विगोको २५ प्रतिशत तिर्नुपर्ने फैसला गरेको हो ।
उनीहरुले सरकारी कागजातलाई किर्ते गरी भीरपाखालाई प्लटिङ जग्गा देखाउँदै कृषि विकास बैंक लिमिटेड ताप्लेजुङ शाखाबाट कर्जा प्रवाह गरेका थिए । जिल्ला न्यायाधीश कृपासुर कार्कीको ईजलासले आइतबार एकैदिन सोसँग सम्बन्धित ३८ थान मुद्दाको सुनुवाई गर्दै उक्त फैसला गरेका हुन् ।
जिल्ला अदालतका श्रेष्तेदार केदार प्रसाद गौतमका अनुसार बैंकका तत्कालिन शाखा प्रमुख गणेश खतिवडा, लेखापाल हरिशंखर न्यौपाने, कर्मचारी भिमप्रसाद आर्चाय र जग्गाधनी पदमकुमारी नुगो मुख्य दोषी ठहर भएका छन् ।
०७५ साल साउन ११ गते १८ थान तथा २०७५ कार्तिक ९ मा २० थान मुद्दा दर्ता भएको थियो । अन्य सबैलाई एक वर्ष कैद र विगोको २५ प्रतिशत फैसला गरेको छ । अदालतले मुख्य दोषी ठहर गरेको प्रमुख खतिवडा, न्यौपाने आर्चाय र नुगोलाई भने प्रत्येकको २० प्रतिवादीको विगोको २५ प्रतिशत जरिवाना ठहर्ने फैसला गरेको श्रेष्तेदार गौतमले बताए । कैद सजाय भने सबैलाई एक वर्ष तोकेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया