भक्तपुरमा हत्या गरिएकी सावित्री भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको भेटिएको छ। आइतबार चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित उनकी छोरी ईश्वरी भट्टराईको घरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो । "/>

भारतीय ‘कन्ट्राक्ट किलर’ लाई १२ लाख दिएर आमाको हत्या !

भारतीय ‘कन्ट्राक्ट किलर’ लाई १२ लाख दिएर आमाको हत्या !

केन्द्रबिन्दु
0
Shares

भक्तपुरमा हत्या गरिएकी सावित्री भट्टराईको हत्यामा उनकै छोरीको संलग्नता रहेको भेटिएको छ।

आइतबार चाँगुनारायण नगरपालिका ७ बाँसबारीस्थित उनकी छोरी ईश्वरी भट्टराईको घरमा घाँटी रेटेर हत्या गरेको अवस्थामा उनको शव भेटिएको थियो ।

महानगरीय प्रहरी अपराध महाशाखाले सावित्री हत्यामा संलग्न चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा सावित्रीकी छोरी ईश्वरी भट्टराईसहित मोहम्मद नौसाद, अर्जुन कुमार भन्ने भोला कुमार र मोहम्मद रहिश रहेका छन् ।

ईश्वरी भट्टराईले प्रेमी मोहम्मद नौसादसंगको प्रेम सम्बन्ध आमाले थाहा पाएपछि हत्याको योजना बुनेको भेटिएको छ । उनले आमाको हत्या गर्न भारतीय ‘कन्ट्राक्ट किलर’ मोहम्मद रहिशलाई बोलाएर १२ लाखको सुपारी दिने सहमति गरेका थिए ।

हत्या गरिएकी सावित्रीको घर सिन्धुपाल्चोक भए पनि पछिल्लो समय उनी छोरी इश्वरीको घरमा बस्दै आएकी थिइन् ।

Logo