सहकारी ठगीमा संसदीय सुनुवाइ समिति गठन गर्न सरकार डरायोः सांसद खतिवडा

सहकारी ठगीमा संसदीय सुनुवाइ समिति गठन गर्न सरकार डरायोः सांसद खतिवडा

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति गठन गर्न सरकार डराएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारमाथि नै प्रश्न चिन्ह खडा भएको बताएका हुन्।

सांसद खतिवडाले भने,’सरकारले न्यूनतम साझा कार्यक्रम सुनियो। विभिन्न आयोग गठन गर्छु भन्ने पनि त्यहाँ उल्लेख गरिएको पाइयो। सहकारी ठगीको एउटा संसदीय समिति गठन गर भनेर आवाज उठाउँदा भागेर हिँडने सरकारले कस्तो आयोग गठन गर्ला ? अचम्मको विषय पर्‍यो सभामुख। जनतालाई ढाँट्ने काम नहोस्। ‘

उनले संसदीय समिति गठन गर्न नसक्ने सरकारले आफ्ना साझा न्यूनतम कार्यक्रममा विभिन्न आयोग गठन गर्ने उल्लेख गरेको भन्दै आपत्ती जनाए।

Skip This
Skip This
Logo