पेट्रोलियम अन्वेषण गर्न चिनियाँ टोली दैलेखमा

पेट्रोलियम अन्वेषण गर्न चिनियाँ टोली दैलेखमा

केन्द्रबिन्दु
0
Shares

सुर्खेत,

पेट्रोलियम पदार्थको अन्वेषण गर्न चिनियाँ प्राविधिक र विज्ञसहितको टोली दैलेख पुगेको छ । पञ्चकोशी क्षेत्रमा बगिरहेको पेट्रोलियम पदार्थ, ग्यासको उत्खनन् र सम्भावनाका बारेमा टोलीले अध्ययन गर्नेछ ।

उद्योगमन्त्री मातृका यादवको नेतृत्वमा चिनियाँ प्राविधिक र खानी तथा भूगर्भ विभागको टोली आइतबार दैलेख पुगेको हो। पादुका, श्रीस्थान र नाभिस्थानमा सोमबारबाट आवश्यक अध्ययन थाल्नेछ । उद्योगमन्त्री यादवले चिनियाँ प्राविधिकको अन्वेषण प्रतिवेदनका आधारमा सरकारले उत्खननको प्रक्रिया अगाडी बढाउने बताए ।

‘उत्खनन् कहिलेबाट सुरु हुने भन्ने अहिले नै भन्न सकिन्न’ मन्त्री यादवले भने, ‘प्राविधिकले खोज तथा अध्ययन गर्नेछन्, उनीहरुको रिपोर्टका आधारमा सरकारले काम गर्नेछ ।’ खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सुधीर रजौरले अबको दुई महिनाभित्र पेट्रोलियम पदार्थ व्यावसायिक उत्पादन गर्न सकिने वा नसकिने बारे एकिन हुने बताए ।

उत्खनन् लागत अनुसारको व्यावसायिक उत्पादनको सम्भाव्यता एकिन गर्न अन्वेषणको काम थालिएको विभागले जनाएको छ । दैलेखकै नाभिस्थान, धुलेश्वर र पादुका क्षेत्रमा अहिले पनि बाहिरी भागमै कच्चा पेट्रोलियम पदार्थ देखिने गरेको छ ।
अन्नपूर्णबाट

Logo