विकसित देश त्यागेर नेपालमा ‘ला पिज्जा प्वाईन्ट’ (भिडियो रिपोर्ट)

विकसित देश त्यागेर नेपालमा ‘ला पिज्जा प्वाईन्ट’ (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

  • दिवस गुरागाईं-

नेपाली समाजका विज्ञहरु भन्छन्- ‘विकसित देशले भिसा फ्रि गरिदिने हो भने नेपाल खाली हुन्छ ।’ अर्थात सबैजसो नेपालीले स्वदेश छोड्छन् । पासपोर्ट बनाउने र विदेश उड्न ज्यान फालेर लाग्नेहरुको भिडले यसै कुरालाई पुष्टि गर्छ ।

अर्को पनि पाटो छ, विकसित देश पुगेकाहरु हम्मेसी फर्किदैनन् । तर, आज हामी त्यस्ता तीन तन्नेरीहरुको कथा प्रस्तुत गर्दैछौं जो अमेरिका र स्वीजरल्याण्ड छोडेर स्वदेश फर्केका छन् । उनीहरु हुन् धिरु लामा, आंकु शेर्पा र सुजन मास्के ।

धिरु र सुजनले एकै दिन अमेरिका छोडेका हुन् । उनीहरु एउटै फ्लाइटवाट नेपाल ओर्लेका थिए । आंकु भने स्वीजरल्याण्ड, थाइल्याण्ड, सिंगापुर आदि देशमा गरेको अध्ययन र अनुभव लिएर फर्केका छन् ।

विदेशवाट फर्केपछि यी तीन जना भेला भए । बैठक बसे, सल्लाह मिलाए र पहिलो चरणमा पिज्जा बनाउने र बेच्ने निधोमा पुगे । अनि सुरु गरे ठमेलको रमणीय ठाऊँमा ‘ला पिज्जा प्वाईन्ट’ ।

यी तीन पार्टनरले कामको बाडफाँट गरेका छन् । सुजन खाना बनाउन सिपालु छन् । उनले बनाएको पिज्जा एक पटक चाखेपछि पटक–पटक पुग्नेहरु धेरै छन् । अध्ययन अनुसार नै आंकु हस्पिटालिटी मेनेजमेन्टमा अब्बल छन् भने धिरु सम्पूर्ण ब्यवस्थापनमा माहिर छन् ।

नेपालमा प्रशस्त अवसर छ भन्ने कुरामा यी तीनै जना सहमत छन् । विदेशमा पैसा कमाए पनि इज्जत कमाउने ठाऊँ चाँही नेपाल नै हो भन्ने कुरामा पनि तीनै जना सहमत छन् । स्पष्ट सोच, लगनशीलता र पारदर्शिताका कारण आफूहरुले सफलता हात पार्ने कुरामा तिनै जना ढुक्क छन् ।

बिस्तृत रिपोर्ट भिडियोमा हेर्नुहोस् 

Skip This
Skip This
Logo