एजेन्सी । श्रीलंका सरकारले फासी दिने कामका लागि दुई कर्मचारी नियुक्त गरेको छ । मृत्युदण्डको सजाय पाएका व्यक्तिलाई फासी दिने कार्यका लागि श्रीलंकाले नयाँ कर्मचारी नियुक्त गरेको हो ।
राष्ट्रपतिले लागु औषध अपराधमा दोषी पाइएका चारजनालाई मृत्युदण्ड दिने घोषणा गरेपछि मृत्युदण्ड दिन कर्मचारी नियुक्त गरिएको हो । फासी दिने पदका लागि गएको फेब्रुअरीमा प्रकाशित भएको विज्ञापनमा एक समय भन्दा बढीले आवेदन दिएका थिए ।
आवेदनका लागि नैतिक चरित्र राम्रो हुनुपर्ने शर्त विज्ञापनमा राखिएको थियो । मानसिक रुपमा तन्दुरुस्त रहेका १८ देखि ४५ वर्ष भित्रका श्रीलंकाली पुरुषले पदमा आवेदन दिन सक्ने जनाइएको थियो ।
श्रीलंकाको सरकारी सञ्चारमाध्यमका डेली न्युजका अनुसार दुई अमेरिकी र दुई महिलाले पनि आवेदन दिएका थिए । छानिएका दुईजनाले दुई हप्ताको तालिम लिनुपर्नेछ । फासी दिने पदमा रहेका अन्तिम व्यक्तिले पाँच वर्षअघि राजीनामा दिएका थिए । गएको वर्ष अर्का एक व्यक्ति नियुक्त भएका थिए, तर उनी काममा आएनन् ।
श्रीलंकामा सन् १९७६ देखि मृत्युदण्ड रोकिएको थियो । तर अब फेरि यसले निरन्तरता पाउने भएको छ । श्रीलंकाको कानूनमा बलात्कार, लागुऔष ओसारपोसार र हत्याका दोषीलाई मृत्युदण्ड दिने व्यवस्था छ । तर सन् १९७६ यता फासी दिइएको थिएन ।































प्रतिक्रिया