काठमाडौं,
चालू आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको जेठ मसान्तसम्म १२ खर्ब ११ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ व्यापार घाटा पुगेको हो ।
निर्यातको तुलनामा आयात हुने वस्तुको परिणाम उच्च हुँदा प्रत्येक महिना व्यापार घाटा चुलिंदो रहेको छ । वैदेशिक व्यापारमा वृद्धि भएसँगै मुलुकको व्यापार घाटा पनि वृद्धि भएको हो । ११ महिनामा १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाख रुपियाँको वैदेशिक व्यापार भएको थियो । जसमध्ये ८७ अर्ब ८३ करोड ४९ लाख रुपियाँको मात्र निर्यात भएको छ ।
गत वर्षको सेही अवधिमा देशले १३ खर्ब ८७ अर्ब ६३ करोड ८६ लाखको वैदेशिक व्यापारमा १२ खर्ब ११ अर्ब ९६ करोड ७७ लाख २६ हजार रुपियाँ व्यापार घाटा व्यहोरेको थियो । जुन गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको ११ महिना अवधिमा व्यापार घाटा १७ दशमलव ५० प्रतिशतले बढेको छ। भन्सार विभागको तथ्यांक अनुसार कुल वैदेशिक व्यापारमा ९३ दशलमव ७ प्रतिशत आयात र ६ दशमलव ३ प्रतिशतमात्र निर्यात भएको देखिएको छ ।
देशले छिमेकी मुलुक भारतसँग मात्रै ६४ दशमलव ७७ प्रतिशत व्यापार घाटा व्यहोरेको छ । भारतसँगको व्यापार घाटा मात्र ७ खर्ब ८५ अर्ब ८ करोड रुपियाँ रहेको छ । गत आर्थिक वर्षमा भारतसँगको व्यापार घाटा करिब ६ खर्ब रुपियाँ बराबर मात्रै थियो । भारतबाट चालू आवमा ८ खर्ब ४१ अर्ब ६७ करोड ६७ लाख रुपियाँको सामान आयात भएको छ ।
गत वर्ष सोही अवधिमा नेपालले भारतमा ५६ अर्ब ५९ करोड रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यता चीनसँग कुल व्यापारघाटाको १५ दशमलव २३ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा चीनसँगको व्यापार घाटा १३ दशमलव ५७ प्रतिशत रहेको थियो ।
चीनसँग १ खर्ब ८६ अर्ब ६० करोड ४३ लाख रुपियाँ बराबरको आयात र १ अर्ब ९६ करोड ४९ लाख रुपियाँ बराबरको निर्यात गर्दा व्यापार घाटा १ खर्ब ८४ अर्ब ६३ लाख ९३ हजार रुपियाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरेको छ । कुल वैदेशिक व्यापारको ६४ दशमलव ७५ प्रतिशत भारतबाट मात्र आयात र निर्यातको ६४ दशमलव ४३ प्रतिशत पनि भारतमा रहेको छ ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया