इलामका ५२ चिया कारखाना आजबाट खोल्ने सहमती

इलामका ५२ चिया कारखाना आजबाट खोल्ने सहमती

केन्द्रबिन्दु
0
Shares

इलाम,

जिल्लाको सूर्योदय नगरपालिका क्षेत्रमा दुई दिनदेखि बन्द रहेका ५२ वटा चिया कारखाना आजबाट खुल्दैछन् । स्थानीय सरकारले तोकेको मूल्य अनुसारको हरियो पत्तिको मूल्य किसानलाई दिन नसक्ने जनाउँदै बिहीबारबाट सूर्योदय टि एसोसिएसनमा आवद्ध ५२ वटा चिया कारखाना बन्द गरीएको थियो ।

तर शनिबार उद्योगी र नगरपालिकाबीच भएको वार्तापछि चिया उद्योग खोल्ने सहमती भएको हो । नगरपालिकाले आव्हान गरेको छलफलमा सूर्योदय टी एसोसीएसनका प्रतिनिधि, चिया उद्योगी, किसान र नगरपालिकाका प्रतिनिधि बिच लामो समयसम्म भएको वार्तापछि उद्योग खोल्ने सहमती भएको हो । सहमतीमा दुई पात एक सुईरो भएको हिरियो पत्तीको मात्र नगरले तोकेको मुल्यमा उद्योगीले खरीद गर्ने भएका छन् ।

सूर्योदय नगरपालिकाले गतबर्ष नै कार्यबिधि बनाएर हरियो पत्तिको मूल्यमा एकरुपता ल्याउन भन्दै प्रति किलो ४० रुपैंयाँ तोकेको थियो । दुईपात एक सुईरो भएको पत्तीको मात्र उक्त मूल्य दिने भनेर गतबर्ष नै सहमति भएपनि किसानले गुणस्तरहीन चिया ल्याएको र त्यसको पनि मूल्य दिनुपर्दा उद्योग घाटामा जाने भन्दै उद्योगीले उद्योग बन्द गराएका थिए ।

शनिबार भएको सहमतिपछि अब उद्योगले दुई पात एक सुईरो भएको पत्ती मात्र खरीद गर्ने, चियाको दीर्घकालीन समस्या समाधानका लागि समिति बनाउने बिषयमा नगरपालिकासँग सहमति भएको सूर्योदय टी एसोसीएसनका सचिव गोपाल कट्टेलले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo