साताको शेयर बजार: बैंकहरुको वर्चस्व

साताको शेयर बजार: बैंकहरुको वर्चस्व

केन्द्रबिन्दु
0
Shares

यो साता पनि बजारमा वाणिज्य बैंकहरुकै वर्चस्व रह्यो । बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष  स्थानमा  रहे पनि बाणिज्य बैंकहरुको नै कारोबारको शिर्ष स्थानमा रहन सफल भएका छन  । यससाता कारोबारमा मुख्य १० स्थानका कम्पनीमध्ये ८ वटा बाणिज्य बैंकहरु देखिएका छन्

यससाता नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्डर्ड चाटर्ड बैंक, नेपाल लाइफ इन्स्योरेन्स, हिमालयन बैंक, एनआइसी एशिया बैंक, नेपाल एसबिआई बैंक र कृषि विकास बैंक क्रमशः उत्कृष्ठ दश कम्पनीका रुपमा रहे ।

अघिल्लो विहीबार अर्थात असार ५ गते एक हजार २६४.३६ विन्दुमा रहेको नेप्से परिसूचक यस साताको अन्तिम दिन असार १२ गते एक हजार २५७.१५ विन्दुमा पुगेर बजार बन्द भएको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर  दुई अर्ब ५२ करोड ६१ लाख ५७ हजार ४४४ रुपैयाँ मूल्यमा  ७६ लाख ७२ हजार ५६४ कित्ता शेयर कारोवार भएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको छ । कूल १७४ कम्पनीको शेयर साताभर कारोवार भएको थियो ।

यस साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ०१ अङ्कले घटेर एक हजार २५४ दशमलव ३५ बिन्दुमा ओर्लिएको छ  । सो दिन ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ०१ अङ्कले घटी २६९ दशमलव ६० बिन्दुमा पुगेको छ ।

नेप्से परिसूचक ओरालो लागेसँगै कारोवार रकम समेत घट्यो । कूल १७२ कम्पनीको १५ लाख ७५ हजार ३४० कित्ता शेयर रु ४८ करोड १८ लाख ५९ हजार कित्ता शेयर खरीद–बिक्री भएका छन ।

Skip This
Skip This
Logo