गुठी विधेयक पक्षधरहरुको खबरदारी र्‍याली, तीन वटै उपत्यका परिक्रमा (फोटोफिचर)

गुठी विधेयक पक्षधरहरुको खबरदारी र्‍याली, तीन वटै उपत्यका परिक्रमा (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

गुठी विधेयकविरुद्ध आन्दोलनरत बिभिन्न सघसस्थाहरुले आज (शनिबार) मोटरसाइकल र्‍याली निकालेका छन् ।

विधेयक खारेजीको मागसहित पहिचान र स्वाभिमानको संरक्षणको लागि राज्यलाई खबरदारी गर्न र्‍याली आयोजना गरिएको हो ।  न्यूरोड जुद्ध शालिकबाट शुरु गरिने मोटरसाइकल र्‍याली उपत्यकाका विभिन्न स्थान परिक्रमा गर्दै कीर्तिपुरमा पुगेर समापन गरिएको छ ।

न्यूरोडबाट जमल, दरवारमार्ग हुँदै कमलपोखरी गौशालाबाट कोटेश्वर, जडिबुटी, सिनामंगल हुँदै पुरानो थिमिबाट व्यासी हुँदै कमलविनायक, च्याम्हासिँह भएर सिद्ध पोखरी पुगेको थियो । सिद्धपोखरीबाट सल्लाघारी, कोटेश्वर, ग्वार्को हुँदै मंगलबजार, पूल्चोक, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, बल्खु हुँदै किर्तिपुर पुगेर र्‍याली  सभामा परिणत भएको छ ।

र्‍यालीमा सहभागीहरुले कुनै पनि समुदायको संस्कृतिमाथि प्रहार नगर्न चेतावनी दिएका छन् ।

यस अघि राष्ट्रिय सभामा दर्ता गरिएको गुठी विधेयक चर्को दवावपछि सरकारले फिर्ता लिएको थियो। 

यो पनि 

 

Skip This
Skip This
Logo