काठमाडौँ। कृष्णबहादुर महरालाई हाजिर जमानीमा रिहा गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सरकारी वकिलसँग सहमति मागेको छ।
स्वास्थ्य अवस्थाका कारण उनलाई हाजिर जमानीमा छाड्न अनुसन्धान अधिकृतले जिल्ला सरकारी वकिल कार्यालयका अधिकारीसँग सहमति मागेकाे हाे।
भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । महरामाथि सीआईबीका डीएसपी सुन्दर तिवारी नेतृत्वको टिमले अनुसन्धान गरिरहेको छ ।
जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले सो मुद्दा हेरिरहेका छन् । कटुवालले स्वीकृति दिएमा महरा हाजिर जमानीमा छुट्नेछन्।





























प्रतिक्रिया