काभ्रे ६५ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा

काभ्रे ६५ औं खुल्ला दिसामुक्त जिल्ला घोषणा

केन्द्रबिन्दु
0
Shares

काभ्रे,
काभ्रे जिल्लालाई ६५ औं जिल्लाका रुपमा खुल्ला दिसा मुक्त घोषणा गरिएको छ । प्रतिनिधि सभा सांसद गंगाबहादुर दोङ्गले खुल्ला दिसा मुक्त जिल्ला घोषणा गरेका हुन् ।

२०६३ साल देखि पटक पटक जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने अभियान शुरु गरिएको भएपनि भुकम्प तथा अन्य विविध कारणबाट हुन नसकेको जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले बताए । २०६६ साल मंसिरमा पहिलो पटक जिल्लाको साविक ठुलो पर्सेल गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो ।

लगत्तै साविकको पुरानोगाउँ दाप्चा गाविसलाई खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएको थियो । २०६६ साल फागुन ११ गते जिल्ला खानेपानी तथा सरसफाई समितिको बैठकले २०७२ भित्र जिल्लालाई खुल्ला दिसा मुक्त घोषणा गर्ने लक्ष्यका साथ ५ वर्षे रणनीतिक योजना तयार गरिएको थियो । २०६९ सालसम्म १२ वटा साविकका गाविसलाई खुल्ला दिसा मुक्त घोषणा गर्दै ५० प्रतिशत नागरिकमा शौचालयको पहुँच पुगेको थियो ।

साविकका ५ वटा नगरपालिका र ७५ गाविसहरुमा रहेका ८० हजार ७ सय २० घरधुरीमा २०७१ साल चैत्र मसान्तसम्म ८० प्रतिशत अर्थाथ ६४ हजार ५ सय ७६ घर धुरीमा शौचालयको पहुँच पुगेको थियो । २१ वटा गाविस र २ वटा नगरपालिकाका सबै वडाहरुमा खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो । २०७२ बैशाख १२ र २९ तथा विभिन्न समयको पराकम्पका कारण घर सहित शौचालयमा क्षति पुगेको थियो । आर्थिक वर्ष २०७३÷२०७४ मा ८३ प्रतिशत घरधुरीमा शौचालयको पहुँच पुगेको थियो । ४० वटा गाविस खुल्ला दिसा मुक्त घोषणा भईसकेका थिए । २०७४÷२०७५ मा तेमाल गाउँपालिका हुँदै २०७५ पौष ८ गते जिल्लाका १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडा खुल्ला दिसा मुक्त घोषणा गरिएको थियो ।

भुकम्प पछि जिल्लामा ९१ हजार ८ सय ९५ घर धुरीमा शौचालय निर्माण भएको छ । सो अवसरमा जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति काभ्रेका अध्यक्ष उद्धव केसी, नेपाल नगरपालिका संघका अध्यक्ष अशोक ब्याञ्जु, मण्डन देउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, गाउँपालिका अध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo