लिफान इलेक्ट्रिक स्कुटरको नयाँ वर्ष अफर सार्वजनिक

लिफान इलेक्ट्रिक स्कुटरको नयाँ वर्ष अफर सार्वजनिक

केन्द्रबिन्दु
9
Shares

लिफान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक पिनाकल मोटरार्ड प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा आकर्षक अफर ल्याएको छ ।

‘नयाँ वर्षको प्रारम्भ गरौं, लिफान चढेर’ नामक यस अफरअन्तर्गत लिफान इलेक्ट्रिक स्कुटरको खरिदमा ४५ हजार रुपैयाँ सम्मको नगद छुट, जुनसुकै पुरानो पेट्रोलियम बाइक तथा स्कुटरसँगको एक्सचेन्जमा थप मूल्यांकन र सरल फाइनान्सिङ सहितको सुविधा रहेको कम्पनीले जनाएको छ ।

यसका साथै कम्पनीले १ वर्षको वार्षिक कर, निःशुल्क हेल्मेट तथा १ वर्षको फ्री सर्भिसिङ पनि उपलध गराएको छ । यो अफर आगामी २०८१ बैशाख पहिलो सातासम्म लिफान इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकले पाउन सक्नेछन् ।

हाल नेपाली बजारमा उपलब्ध रहेको लिफानका ई३, ई४ र ई४ ब्रिङ नामक ३ मोडलका इलेक्ट्रिक स्कुटरको मूल्य क्रमशः ई३ २ लाख ४९ हजार, ई४ ब्रिङ ३ लाख ९ हजार र ई४ ३ लाख १४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Logo