इलेक्ट्रिक एसयूभी ओमोडा ई५को औपचारिक रुपमा बिक्री वितरण सुरु

इलेक्ट्रिक एसयूभी ओमोडा ई५को औपचारिक रुपमा बिक्री वितरण सुरु

केन्द्रबिन्दु
30
Shares

नेपालका लागी आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले इलेक्ट्रिक एसयूभी ओमोडा ई–५ को बिक्री वितरण सुरु गरेको छ । बहुप्रतिक्षित एसयूभी ओमोडा ई–५ को बिहिबारदेखि औपचारिक रुपमा कम्पनीले डेलिभरी सुरु गरेको हो ।

६१ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्लेड ब्याट्री जडान रहेको यस गाडीले डब्ल्युएलटीपी मानक अनुसार ४३० किलोमिटरको रेन्ज प्रदान गर्दछ । सो गाडी फ्रन्ट माउन्टेड इलेक्ट्रिक मोटर र ३४० एनएमको टर्कद्वारा संचालित छ । यसमा एलईडी प्रोजेक्टर हेडल्याम्प, १८ इन्च अलोय ह्विल, ब्ल्याक तथा ब्लु र ह्वाइट टोनको लेदर सिट एवम् २४.६ इन्चको ड्युअल स्क्रिन जस्ता विशेषता रहेका छन् ।

एडास ड्राइभिङ असिस्टेन्स सुविधा रहेको यसमा लेन डिपार्चर वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, लेन चेन्ज असिस्ट डिपार्चर रिमाइन्डर, एडप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिजन वार्निङ, लेन किपिङ असिस्ट, ट्राफिक जाम अभोइडेन्स असिस्टेन्ट, ६ वटा एयरब्याग लगायत १७ भन्दा बढी प्रकारका फिचर उपलब्ध छन् । यसको अर्को आकर्षण २८ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतमा चार्ज गर्न सक्ने द्रुत चार्जिङ प्रविधि पनि रहेको छ ।

ओमोडा ई५ को प्रारम्भिक मूल्य ५९ लाख ४९ हजार रुपैयाँ तोकिएकोमा हाल बढेर ६१ लाख ९९ हजार पुगेको कम्पनीले जनाएको छ ।

Logo