दिवंगत कांग्रेस नेता केशव बुढाथोकीको स्मरणमा भावुक भए नेताहरु

दिवंगत कांग्रेस नेता केशव बुढाथोकीको स्मरणमा भावुक भए नेताहरु

केन्द्रबिन्दु
51
Shares

नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको ४५औँ पुण्यतिथिका दिन श्रद्धान्जली कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको बागबजारस्थित पद्यकन्या क्याम्पसमा सम्पन्न उक्त श्रद्धान्जली कार्यक्रम नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको थियो ।

‘श्रद्धाञ्जलि सभा’मा नेपाली कांग्रेसका नेता,कार्यकर्ता शुभेच्छुकलगायतको उल्लेखनिय सहभागिता रहेको थियो ।

मुख्य अतिथिका रुपमा उपस्थित कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिवंगत केशव कुमार बुढाथोकीभित्र रहेको गुण सबैले अनुसरण गर्नुपर्ने बताएका छन् । उनले प्रचुर आँट भएका बुढाथोकीको मनमा जेछ त्यहि व्यवहारमा देखिने गुण भएको पनि बताए ।

यसैगरी कांग्रेस केन्द्रीय सदस्य महेन्द्र सुब्बा लिम्बुले स्वर्गीय बुढाथोकी झापामात्र नभई सिङ्गो मुलुकको नेता भएको बताए । उनले बुढाथोकीको योगदानलाई अगाडि बढाउन झापा कांग्रेस र सिङ्गो पार्टी लाग्नुपर्ने उल्लेख गरे ।

साथैं नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले बुढाथोकी विकासप्रेमी र निडर नेता भएको बताए ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कज विक्रम नेम्वाङले बुढाथोकीमा कसैलाई अन्याय भएको देख्न नसक्ने विशेषता भएको व्यक्तिका रुपमा स्मरण गरे ।

नेपाली कांग्रेस झापा–काठमाडौँ सम्पर्क समितिका सभापति दीपक उप्रेतीले बुढाथोकी झापामात्र नभई मुलुककै अभिभावक भएको बताए ।

वि.सं २००१ मा जन्मिएका बुढाथोकीको वि.सं २०८० माघ २२ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

Skip This
Skip This
Logo