‘जाइरा’ को पहिलो गीतमा नम्रता र अनुपको रोमान्स (भिडियोसहित)

‘जाइरा’ को पहिलो गीतमा नम्रता र अनुपको रोमान्स (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

चलचित्र ‘जाइरा’ को पहिलो गीत ‘आखैले बोल्छ’ सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

गीत सार्वजनिक गर्नु अघि नायिका नम्रता श्रेष्ठ र नायक अनुप बिक्रम शाहले रोमाञ्चक नृत्य प्रस्तुत गरेका थिए । गीतको भिडियोमा उनीहरुको लभ रोमान्सलाई देखाउन खोजिएको छ । रबी मल्लद्वारा लिखित यस गीतमा गायक सन्तोष लामाले स्वर दिएका छन् भने संगीतकार कल्याण सिङ्ले संगीत भरेका छन् । यो चलचित्रको टिजरले धेरै तारिफ बटुलिसकेको छ ।

आशुतोष राज श्रेष्ठले निर्देशन गरेको फिल्ममा अनुपबिक्रम शाही र नम्रतासंगै प्रमोद अग्रहरी, रेमनदास श्रेष्ठ, र नवकलाकार सृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगर लगायत कलाकारहरुको अभिनय रहेको छ ।

नम्रतालाई यसअघिका सिनेमामा भन्दा भिन्न अवतारमा प्रस्तुत गरिएको छ । कटामरी फिल्मसको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्सन र ट्रेन्डसेटर्स प्रालिको व्यानरमा निर्मित सिनेमामा निर्देशक श्रेष्ठ र निरोज महर्जनको पटकथा रहेको छ ।

यो चलचित्र भदौ ६ गतेबाट प्रदर्शनमा आउने भएको छ।

Logo