एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

एसइईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ।

बोर्डले सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै नतिजा सार्वजनिक गरेको हो । परीक्षामा सामेल २ जना विद्यार्थीको सबै परीक्षा रद्द भएको छ भने ४८ जनाको आंशिक परीक्षा रद्द भएको छ ।

गत  वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।

परीक्षफल चित्त नबुझेमा प्रतिविषय ५ सय रुपैयाँ तिरी नतिजा पून: हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो ।

यसरी हेर्नुहोस्

नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजाको जानकारी लिन सक्नेछन् । यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।

यस्तै, परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट http://see.gov.np बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ। नेपाल टेलिकमको वेबसाइट http://see.ntc.net.np/ बाट पनि नतिजा थाहा पाउन सकिनेछ। राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट  http://www.neb.gov.np/results  बाट पनि नतिजाबारे जानकारी लिन सकिनेछ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट www.moest.gov.np, राष्ट्रिय परीक्षा बोर्ड,  एनसेल www.ncell.axiata.com, एजाइल एडुकेशन, www.merostudy.com, ईडीयू सञ्जालwww.see.edusanjal.com मा गएर पनि नतिजा हेर्न सकिन्छ ।

 

 

Skip This
Skip This
Logo