हालसम्म कति कमायाे फिल्म महाजात्राले ?

हालसम्म कति कमायाे फिल्म महाजात्राले ?

केन्द्रबिन्दु
33
Shares

गत शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘महाजात्रा’ले हलहरुमा उत्साहजनक दर्शक पाएकाे छ । सुरुकै दिनदेखि देशैभर उच्च शो पाएकाे महाजात्राले व्यापार पनि राम्रै गरेकाे छ ।

फिल्मले शुक्रबार १ करोड २३ लाख र शनिबार १ करोड ८३ लाख कलेक्सन गरेको छ । आइतबार होलीको दिन पनि यो फिल्म हेर्न हलमा दर्शकको चाप देखिएको छ।

आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर वाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् ।

Logo