काठमाडौं। नयाँ थर्ड जेनेरेसन अर्थात जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट भएको छ। अब नयाँ ग्राहकका लागि भने फेरि बुकिङ खुलेको छ। यसका लागि नयाँ ग्राहकले केही समय कुर्नुपर्ने कम्पनीले जनाएको छ।
जेन ३ केटीएम ड्युकमा रेस–इन्सपायर्ड लाइन, स्पोर्टी लुक्स, नयाँ च्यासिस, स्टिल ट्रेलिस फ्रेम, लाइटवेट व्हिल, हाई पर्फमेन्स ब्रेक जस्ता विशेषताहरू पाउन सकिन्छ।
साथसाथै यसमा रियर मोनो शक, कर्भ्ड कास्ट आल्मुनियम स्विङ आर्म, अफसेट डब्ल्युपी एपेक्स शक पनि समावेश गरिएको छ जसले गर्दा इम्प्रुभ्ड ह्यान्डलिङ पाउन सकिन्छ भने फोर पिस्टन रेडियल क्यालिपर्स र सुपरमोटो एबीएसले उत्कृष्ट ब्रेकिङ प्रदान गर्दछ।
नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले लन्चिङ दिनमै एकै पटक ५० युनिट बाइक डेलिभरी गरेको थियो।
नयाँ मोटरसाइकलमा केटीएमले नयाँ चेसिस र नयाँ इन्जिन दिनुको साथै अन्य थुप्रै फिचर समेत थप गरेको छ। पुरानो मोडलभन्दा ५ हजार रुपैयाँमात्र बढेर आएको नयाँ भर्सनको मूल्य ७ लाख ४० हजार रुपैयाँ निर्धारण गरिएको छ।





























प्रतिक्रिया