काठमाडौं,
विश्वकप क्रिकेट अन्तर्गत बुधबारको खेलमा न्यूजिल्याण्डलाई ६ विकेटले पराजित गरी पाकिस्तानले इंग्ल्याण्डमा जारी एकदिवशीय विश्वकपको सेमिफाइनलको आशा कायमै राखेको छ । न्यूजिल्याण्डले भने सेमिफाइनलका लागि छनोट हुने अवसर खेर फाल्यो । जारी विश्वकपमा न्यूजिल्याण्डको सातौं खेलमा यो पहिलो पराजय हो ।
समान ७ खेलबाट न्यूजिल्याण्डको ११ अंक छ भने पाकिस्तानको ७ अंक भएको छ । पाकिस्तानले आगामी खेल अफगानिस्तान र बंगलादेशविरुद्ध खेल्न बाँकी छ । यी दुई खेल जितेमा सेमिफाइनल पुग्न सक्नेछ ।
न्यूजिल्याण्डले दिएको २३८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४ वीकेट गुमाउँदा भेटाएपछि जित हात पारेको हो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ६ विकेट गुमाएर २३७ रनको योगफल बनाएको थियो । आज भारत र वेष्टइण्डिजवीच खेल हुने तालिका छ ।































प्रतिक्रिया