विशेष अदालतले मेलम्चीका पूर्वठेकेदार र परामर्शदातालाई बयानका लागि बोलायो

विशेष अदालतले मेलम्चीका पूर्वठेकेदार र परामर्शदातालाई बयानका लागि बोलायो

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। विशेष अदालतले मेलम्ची खानेपानी आयोजनाको पूर्वठेकेदार इटालियन कम्पनी सीएमसी रेभेना र परामर्शदाता इप्टिसालाई बयानका लागि बोलाएको छ। बाटोको हदम्यादबाहेक १५ दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन कम्पनीका प्रतिनिधिहरूलाई बोलाएको हो।

गत ६ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको दाबी गर्दै खानेपानी मन्त्रालयका तत्कालीन ३ सचिवसहित १५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। परामर्शदाता र निर्माण कम्पनीविरुद्ध पनि मुद्दा दायर भएको थियो।

ठेकेदार कम्पनी सीएमसी रेभेनालाई रकम भुक्तानी गर्दा अनियमितता गरेको आरोपमा मुद्दा दायर भएपछि मुद्दाबारे जानकारी दिन विदेशी कम्पनी भएकाले सूचनामार्फत बयानका लागि बोलाइएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार अन्य अभियुक्तलाई भने पमत्रमार्फत नै बयानका लागि बोलाइएको छ।

विशेष अदालतले ठेकेदार सीएमसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोमामो पाउलेट्टी, परामर्शदाता इप्टिसाका सीईओ यिरान मेई र ईप्टिसासँग संयुक्त उपक्रममा रहेको बीईटीएसका प्रबन्ध निर्देशक अब्दुस साहबुरलाई बयानमा बोलाएको छ। अख्तियारले निर्माण कम्पनी सीएमसी रेभेना विरुद्ध ६५ करोड १४ लाख रुपैयाँ बिगो मागदावी गरेको छ।

Skip This
Skip This
Logo