दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चकाे आदेश

दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चकाे आदेश

केन्द्रबिन्दु
39
Shares

सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएकाे छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्त मेडिकल कलेजलाई साेमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुर्‍याएको भए सम्बन्धन दिन आदेश जारी गरेको हो ।

सम्बन्धन नदिएपछि लामो समयदेखि विवादमा रहेकाे उक्त कलेजका तर्फबाट प्रसाईले चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।

Skip This
Skip This
Logo