राष्ट्रिय सभामा आज: समाचारको बिरोधदेखि सिरिन्ज आक्रमणसम्म

राष्ट्रिय सभामा आज: समाचारको बिरोधदेखि सिरिन्ज आक्रमणसम्म

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभाको बैठकमा सांसदहरुले समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज बसेको राष्ट्रिय सभाको सुन्य समयमा सांसद दीपा गुरुङले ग्रामिण भेगमा संचालित क्याम्पसहरुलाई सरकारले उपलब्ध गराउदै आएको अनुदान बढाउन माग गरिन् । अहिले उपलब्ध गराइएको अनुदानले नियमित रुपमा क्याम्पस संचालन गर्न अप्ठेरो परेको भन्दै अनुदान रकम कम्तिमा १५ लाख पुर्याउन माग गरिन् ।

सांसद दुर्गा प्रसाद उपाध्यायले धान रोप्ने बेला आइसके पनि बजारमा मलको अभाब देखिएको बताइन । सांसद उपाध्यायले मलको अभाब कृतिम रुपमा गराइएको हुन सक्ने भन्दै सरकारले अनुगमन गरेर मलको उपलब्धता सहज बनाउन माग गरिन् ।

सांसद नन्दा चपाईले  राष्ट्रिय दैनिक पत्रिकामा असार ५ गते छापिएको एक समाचारमा समितिको काम झारा टराइ भन्दै लेखेकोमा आपती जनाइन् । पत्रिकाले बिधायन समितिमा गुठि बिधेयकको छलफल झारा टराइ भन्दै लेखेकोले संसद्को मानहानी भएको भन्दै सभामुखको ध्यानाकर्षण गराइन । राष्ट्रिय सभामा पेश भए पनि समितिमा बिधेयक नै नआएको अवस्थामा यसरी समाचार आउनुले समितिको गरिमामा आँच आउने काम भएको बताइन ।

सांसद बद्रि पाण्डेले असार १० गते कन्चनपुरको पुनर्बास नगरपालिकाको नगर परिषदमा पुगेकी खानेपानी मन्त्री बीना मगरलाई कालो झण्डा देखाउने कांग्रेस कार्यकर्तालाई पुलिस र नेकपाको कार्यकर्ता लगाएर कुटपिट गरेको भन्दै बिरोध गरे ।

सांसद रमेशजंग रायमाझीले काठमाडौँमा युवतीहरु माथि शृंखलाबद्ध रुपमा सिरिन्ज आक्रमण बढेको भन्दै,यस्तो कार्यको तुरुन्त छानवीन गर्न माग गरे ।

Skip This
Skip This
Logo