‘क्लीनफिड’ लागु गरे सशक्त आन्दोलन गर्ने चेतावनी

‘क्लीनफिड’ लागु गरे सशक्त आन्दोलन गर्ने चेतावनी

केन्द्रबिन्दु
0
Shares

टेलिभिजन सेवा प्रदायक बिभिन्न संघ–संस्थाहरुले सरकारले ‘क्लीन फिड’ ब्यबस्था लागु गरे सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनीहरुले ‘क्लीन फिड’ ब्यबस्थाले अर्बौंको लगानीसमेत डुब्ने भन्दै आन्दोलनको चेतावनी दिएका हुन् । कार्यक्रममा नेपाल केबल टेलिभिजन महासंघका अध्यक्ष सुदीप पराजुलीले घरघरमा टेलिभिजनको ‘सिग्लन’ पुर्‍याउने दायित्वबाट सरकार पन्छिन थालेको आरोप लगाए ।

यस्तै, डिजिटल टेलिभिजन समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले ‘क्लीनफिड’ सम्बन्धी विधेयकबारे सन्चार तथा सूचना प्रविधि मन्त्रालयसँग वार्ता गर्न खोज्दा मन्त्रालयले वार्ता गर्न नमानेको बताए ।

टेलिभिजन सेवा प्रदायक कम्पनीहरुले ‘क्लीनफिड’को बिरोधमा सोमबार २४ घण्टाका लागि बिदेशी च्यानल बन्द गरेका थिए ।

Skip This
Skip This
Logo