गायक प्रकाश सपूतको चर्चित गीत ‘गलबन्दी’ गायक शम्भु राईको गीतबाट कपी गरिएको भन्दै आरोप-प्रत्यारोप भैरहेका बखत यो प्रकरणले नयाँ ‘ट्वीस्ट’ लिएको छ।
गायक सपूतले आफ्नो गीत ‘आऊ नाचौँ साथी हो’ को लय कपी गरेको भन्दै उजुरी दर्ता गराएका राईमाथि नै गीत चोरीको आरोप लागेको हो। उनीमाथि स्वरसम्राट नारायणगोपालको गीतको लय कपी गरेको आरोप लागेको हो। राईको गीत ‘कहिलेमा काहीँ रमाइलो हुन्छ’ बोलको गीत नारायणगोपालको गीत ‘मर्स्याङ्दी नदी नरमाइलो सुसाइरहेको’ को लयबाट चोरी भएको भन्दै आरोप लागेको हो।
उता सपूतको ‘दोहोरी ब्याटल’ पनि नारायणगोपालको गीत ‘बैनीको दया छ भने’ गीतसँग मिलेको आरोप लागेको छ ।































प्रतिक्रिया