राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले दिइन् पदबाट राजीनामा

केन्द्रबिन्दु
33
Shares

राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई उनले राजीनामा पत्र बुझाएकी हुन् ।

माओवादीबाटै २०७९ माघ २३ गते उपाध्यक्ष बनेकी अर्यालले हालै फेरिएको सत्ता समिकरणका कारण राजीनामा दिएकी हुन् । अहिलेको सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभा अध्यक्ष माओवादीले लिने सहमति हुँदा उपाध्यक्ष अन्य दलबाट लिने सहमति भएको छ ।

‘उपाध्यक्ष पदमा मलाई निर्विरोध निर्वाचित गर्नुहुने राष्ट्रिय सभाका सम्पूर्ण माननीय सदस्यज्यूहरु, उपाध्यक्षको भूमिकामा रहँदासम्म मलाई निरन्तर सल्लाह, सुझाव र सहृयोग गर्ने राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू, माननीय सदस्यज्यूहरु, संघीय संसदका महासचिव, राष्ट्रिय सभाका सचिव, सचिवालय सचिवलगायत अन्य सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, निजी सचिवालय र स्वकीय सचिवालयमा कार्यरत कर्मचारीहरु, मर्यादापालक कर्मचारीहरु, पत्रकार, शुभेच्छुक लगायत सबैलाई धन्यवाद व्यक्त गर्दै नेपालको संविधान २०७२ को धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १०५ को उपनियम (१) बमोजिम संघीय संसद, राष्ट्रिय सभा उपाध्यक्षको पदबाट राजीनामा दिएको छु।’ राजीनामा पत्रमा उल्लेख छ ।

हेर्नुहाेस्, राजीनामा पत्र-

Skip This
Skip This
Logo