सहमतिबाट पछि हटे दुर्भाग्यपूर्ण : दाहाल

सहमतिबाट पछि हटे दुर्भाग्यपूर्ण : दाहाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको १३ महिना बितिसक्दा पनि कार्यदिशाबारे शीर्ष तहमा सहमति जुट्न सकेको छैन ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री (तत्कालीन एमाले अध्यक्ष) केपी शर्मा ओलीले एमालेले अवलम्बन गर्दै आइरहेको जबजलाई पार्टीको कार्यदिशा बनाउनु पर्ने बताएसँगै कार्यदिशा विवाद सतहमा आएको हो । ओलीले राजनीतिक प्रतिवेदन प्रकाशन गर्नुअघि जबजलाई मानेर जान प्रस्ताव गरेपछि अर्का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री (तत्कालीन माओवादी केन्द्र अध्यक्ष) पुष्पकमल दाहाल झस्किएका छन् । पार्टी एकताका क्रममा भएको सहमति अनुसार जनताको जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनुपर्ने उनको अडान छ ।

३ जेठ २०७५ मा दुई पार्टीबीच एकता हुँदा एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो । तत्कालीन एमाले जनताको बहुदलीय जनवाद (जबज) र माओवादी केन्द्रले २१ औं शताब्दीको जनवाद र माओवादी कार्यदिशा छोड्दै जनताको जनवादमा सहमति गरेर पार्टी एकता भएको थियो । दुवै पार्टीले मान्दै आएको कार्यदिशा तत्कालका लागि छोड्ने र महाधिवेशनमा बहसमा लैजाने गरी सहमति गरेका थिए ।

अध्यक्ष ओली निकट भनेर चिनिने पार्टी सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यसअघि पनि सार्वजनिक कार्यक्रममा जबजको पक्षमा अभिव्यक्ति दिएपछि तत्कालीन माओवादी केन्द्रका नेताहरू झस्किएका थिए ।
राजधानीबाट

Skip This
Skip This
Logo