एम भि अगष्टाका ४ नयाँ मोडलका बाइक नेपाली बजारमा

एम भि अगष्टाका ४ नयाँ मोडलका बाइक नेपाली बजारमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै भेलोसिटी प्रा.लि. ले बजारमा एम भि अगष्टाको ४ नयाँ मोडलहरु भित्र्याएको छ ।

सन् १९०७ मा उड्डयन कम्पनीबाट थालनी गरेकोे एम भि अगष्टा आजको दिनमा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित भएको छ ।

नेपाली बजारमा प्रवेश गरेका sfBRUTALE 800RR, DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION), TURISMO VELOVE 800 र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) एम भि अगष्टाका उष्कृष्ट बाइकहरु हुन् ।

८०० सि सि इन्जिन क्षमता रहेको BRUTALE 800RR,DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) र DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) मा १४० bhp को पावर र ८७ nm को टर्क रहेको छ । नेपाली बजारमा dfBRUTALE 800RR काे मूल्य रु. ४८ लाख ९० हजार रहेको छ । DRAGSTER 800 RR PIRELLI (LIMITED EDITION) को मूल्य ५९ लाख ९० हजार रहेको छ ।

DRAGSTER 800 RR AMERICA (LIMITED EDITION) को मूल्य ५७ लाख ९० हजार रहेको छ । त्यसैगरी ८०० CC, TURISMO VELOVE 800 मा ११० bhp को पावर र ८० nm को टर्क रहेको छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यस बाइकको मूल्य रु. ५७ लाख ९० हजार रहेको छ ।

एम भि अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाईन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनीयरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एम भि अगष्टाको हरेक मोटर साइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएको छ । काठमाडौंको एसजेमोटो, कान्तिपथमार्फत ग्राहकहरुलाई भेलोसिटी प्रा.लि.ले बिक्री–वितरण, सर्भिस, स्पेयर पार्टस् तथा एसेसोरिजहरु प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo