गायक शिव परियारले प्रकाश सपुत प्रकरणमा आफ्नो धारणा सार्वजनिक गर्दै आफ्नो जातप्रति गर्व रहेको बताएका छन् ।
आफ्नो ५ बुंदे भनाई सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गायक परियारले मान्छेलाई जसरी पनि तल झार्न समाजका अनेक तत्वहरु सल्बलाउने गरेको उल्लेख गरेका हुन्। उनले शुरुमा बल प्रयोग गरेर तल झार्न खोज्ने, त्यसबाट असफल भएपछि बुद्धि लगाएर तल झार्न खूज्ने , त्यसबाट पनि असफल भएपछि दुस्प्रचार गरेर निरुत्साही बनाउन खोज्ने बताएका छन्। निरन्तरको प्रयासपछि पनि कसैलाई तल झार्न सकिएन भने उसको चरित्रहत्या गर्ने र जातीय भेदभाव गरेर तल झार्न खोज्नेहरुबाट केही आश गर्न नसकिने आशय व्यक्त गरेका छन्।
‘हो, म बाँचेको समाज यस्तै छ। यस्ताहरुबाट के आशा गर्ने ? यस्तो तत्वहरुको बिरुद्दमा अब चुप लागेर बस्ने अवस्था रहेन। मलाई मेरो जात प्रति सधैं गर्व छ।’ उनले फेसबुकमा लेखेका छन्।
पछिल्लो चर्चित गीत ‘गलबन्दी’ शम्भु राईको गीतबाट लय कपी गरिएको भन्दै गायक प्रकाश सपुत विवादमा तानिएका हुन् । यसै सन्दर्भमा गायक सपुतको बिरुद्ध जातीय विभेद हुने गरि सामाजिक संजालमा टिप्पणी हुन् थालेपछि यसको चौतर्फी बिरोध भैरहेको छ।
1)पहिला बल लगाएर तल झार्न खोज्छ बलमा पनि सक्दैन !2)बुद्दी लगाएर तल झार्न खोज्छ त्यसमा त झन् सक्दैन !3)अनि सम्बन्धित…
Posted by Shiva Pariyar on Sunday, June 23, 2019































प्रतिक्रिया