विप्लव नेता पौडेल हत्याप्रति जनार्दश शर्माको गम्भीर आपत्ति

विप्लव नेता पौडेल हत्याप्रति जनार्दश शर्माको गम्भीर आपत्ति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना खेदजनक रहेको बताएका छन् ।

आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको बताएका हुन् ।

उनले भने, ‘निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ । मलाई त्यो बेला धनमायाको हत्याको आद आयो।’ पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो।ु शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठने सक्ने बताए ।

नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ति जनाए । उनले भने, ‘यी जुन घटना भइरहेका छन् यसलाई संघीय गणतन्त्रसँग जोडेर मास भड्काउने काम भइरहेको छ। यसमा सरकारको ध्यान जाओस् ।’

शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गरे।

Skip This
Skip This
Logo