नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

नेकपाको सचिवालय बैठक बालुवाटारमा जारी

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ।

केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लगाउन बैठक बसेको हो । केन्द्रीय सदस्यको जिम्मेबारी टुंगिएपछि मात्रै पोलिटब्युरो गठन गर्ने नेताहरुको तयारी छ।

जिल्ला इन्चार्ज र सहइन्चार्जका बारेमा पनि छलफल अन्तिम चरणमा पुगेको छ।  बैठकमा केन्द्रीय कमिटीका सदस्यहरूको जिम्मेवारी बाँडफाँडसँगै पार्टी आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठनबारे छलफल हुने नेकपाले जनाएको छ।

नेकपाको पार्टी एकता घोषणा एक वर्ष पूरा भैसक्दा पनि केन्द्रीय सदस्यको कार्यविभाजन टुंगो लाग्न सकेको छैन ।

Skip This
Skip This
Logo