बारा जिल्ला अदालतको खरिदार १८ हजार घुससहित रङ्गेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले ३० बर्षिय खरिदार सुनिल चौधरीलाई रंगेहात पक्रेको हो ।
लेनदेनको मुद्दामा सेवाग्राहीको नाममा पाँच कठ्ठा जग्गा पास गर्नका लागि मालपोतमा सिफारिस लेखिदिन घुसबापत रु १८ हजार सेवाग्राहीलाई दिने क्रममा विशेष सूचनाको आधारमा चौधरी पक्राउ परेका हुन् । उनले सेवाग्राहीसँग पटक पटक गरी रु १२ हजार अगाडि नै लिइसकेको अख्तियारले जनाएको छ ।
उनको बारेमा थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ।





























प्रतिक्रिया