एनआईसी बैंकमा इसेवाको काउन्टर

एनआईसी बैंकमा इसेवाको काउन्टर

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले बैंकको जुनसुकै शाखाको काउण्टरबाट इसेवा  खातामा रकम सिधै जम्मा गर्ने नयाँ सुबिधा ल्याएको छ ।

हाल ग्राहकले आफ्नो मोवाइल बैंकिङ्ग वा इ-बैंकिङ्गबाट मात्र रकम जम्मा  गर्न सक्ने व्यबस्था थियो भने अब “इसेवा काउन्टर डिपोजिटको सेवाबाट पनि इसेवाको एजेन्ट तथा ग्राहक महानुभावहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै  शाखामा गई काउण्टरबाट नै इसेवा  मा रकम जम्मा गर्न सक्ने जनाइएको छ ।

बैंकका मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्सटेन्सन काउण्टर एवं ३५ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।

Skip This
Skip This
Logo