सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दबाब दिएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दबाब दिएक हुन् । उनले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाए ।
समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गरे ।































प्रतिक्रिया