ज्वाई न स्वाई अगुल्टाले च्वाईँ, अब सचेत रहौं- बाबुराम भट्टराई

ज्वाई न स्वाई अगुल्टाले च्वाईँ, अब सचेत रहौं- बाबुराम भट्टराई

केन्द्रबिन्दु
0
Shares

पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारलाई दंम्भ देखाउने काम बन्द गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा समय लिएर बोल्दै पुर्वप्रधानमन्त्री भट्टराईले सरकारलाई दुई तिहाई बहुमतको दम्भ नदेखाउन सुझाव दिएका हुन् । सरकारका राम्रा र नराम्रा कामका आधारमा जनमत बन्ने भएकाले अहिले पाएको मतादेश दिगो नहुनेतर्फ सचेत बन्न उनले आग्रह गरे ।

उनले भने “फलेको हांगो झुक्छ । तपाईहरु दुई तिहाई बहुमतको सरकारको प्रतिनिधित्व गरिरहनुभएको छ । त्यसकारण तपाईहरुले दम्भको प्रर्दशन गर्ने होइन । मतादेश दिगो नहुन पनि सक्छ । छिमेकी पश्चिम बंगालमा ३४ बर्ष सम्म बामपन्थीको सरकार चलेको र अहिले बंगालमा एक सिट पनि नजितेको उदाहरणलाई विर्सन हुदैन । ७० बर्षसम्म सोभियत संघमा कम्युनिष्ट शासन चलेको र त्यहा अहिले कम्युनिष्ट पार्टीको नाम निसान पनि खोज्न गाहे भईरहेको अवस्थाबाट पनि हामीले बिर्सन मिल्दैन । विनम्रतापुर्वक आग्रह छ । हामीले दम्भ त्यागौ र झुकौ । र अरुको कुरा सुनौ । नलेज स्पिक्स, वीजडम लिसन्स । ज्ञान बोल्छ । बुद्धी सुन्छ । ”

उनले सरकारका पछिल्ला कदमले सरकार केन्द्रीकरण तर्फ जान लागेको संकेत दिएको टिप्पणी गरे । गुठी विधेयकको विरोधमा राजधानीमा भएको प्रर्दशनलाई सांकेतिक ढंगले बुझेर संविधान विपरित ल्याईएका मानवअधिकार आयोग, मिडिया काउन्सिल, सुरक्षा परिषद् लगायत विधेयकहरु तुरुन्तै खारेज गर्न उनले माग गरे ।

उनले भने “हामी खस आर्य समुदायल, हामीले एउटा उखान बनाएका छौ । ज्वाई न स्वाई अगुल्टाले च्वाईँ । अस्ति माईतीघर मण्डलामा हाम्रा ससुराली खलकले अगुल्टा उचाले यसबाट हाम्रा ज्वाई प्रधानमन्त्री, ज्वाई उपप्रधानमन्त्री , ज्वाई मन्त्रीजीहरु पनि सर्तक हुनुहोला ।”

उनले सांसदको हुर्मत लिने र मानमर्दन गर्ने गरि ल्यापटप बाड्ने काम नगर्न सभामुखको ध्यानाकर्षण गराए ।

Skip This
Skip This
Logo