योग दिवसको अवसरमा कार्याशाला गोष्ठी

योग दिवसको अवसरमा कार्याशाला गोष्ठी

केन्द्रबिन्दु
0
Shares

पाँचौ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा ‘इभिडेन्स बेस्ड प्राक्टिस इन नेट्रोप्याथी एण्ड योगा थेरापी’ विषयक कार्यशाला गोष्ठी सम्पन्न भएको छ । योग तथा प्राकृतिक चिकित्सक संघ र नेपाल योग थेरापी संघको संयुक्त आयोजनामा भएको कार्याशालाको शिक्षा तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले उद्धघाटन गरेका हुन् ।

कार्यक्रममा विशेष अतिथी डा. हरिप्रसाद पोखरेलका साथै नेपाल संस्कृति विश्व विद्यालयका डिन डा. सञ्जय पोखरेल, विभिन्न संघसस्थाका प्रतिनिधिहरु,योग तथा प्राकृतिक चिकित्साका अभियन्ताहरुको सहभागिता रहेको योग तथा प्राकृतिक चिकित्सक संघका उपाध्यक्ष यञ्जन गैह्रेले जानकारी दिए ।

गोष्ठीमा हिमालय योग तथा प्राकृतिक अस्पतालका विशेषज्ञ डा. पुकार लोहनी र प्राकृतिक चिकित्सक डा. रबिनलाल श्रेष्ठले कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।

कर्यक्रममा साढे ५ बर्षको योग तथा प्राकृतिक चिकित्सामा अध्ययन पूरा गरी नेपाल फर्किएका योग तथा प्राकृतिक चिकित्सकहरुलाई स्वागत र सम्मान पनि गरिएको थियो ।

Skip This
Skip This
Logo