नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाँडै नै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
पोखरामा पत्रकारहरुसँग कुरा गर्दै दाहालले केही मन्त्रीहरु हेरफेर गर्न प्रधानमन्त्री केपी ओलीसँग छलफल भईरहेको बताएका हुन् ।अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल भइरहे पनि यो प्रधानमन्त्रीको क्षेत्राधिकार भएकाले उनले चाहेको बेला मात्र पुनर्गठन हुने जानकारी दिए ।
आफू पनि पार्टी अध्यक्ष भएकाले बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट छलफल भएको उनले बताए ।































प्रतिक्रिया