लोकसेवामा दुई लाख बढी आवेदन, ५ करोड राजस्व संकलन

लोकसेवामा दुई लाख बढी आवेदन, ५ करोड राजस्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

लोकसेवा आयोगले स्थानीय तहका लागि आह्वान गरेको विज्ञापनमा दुई लाखभन्दा बढीको आवेदन परेको छ ।

आयोगले गत १५ जेठमा ५ सय १५ स्थानीय तहमा ९ हजार १६१ जनाका लागि भर्ना आह्वान गरेको थियो । बुधबार साँझ ५ बजेसम्म २ लाख २ हजार ४४१ जनाको आवेदन दर्ता भएको छ । यस अन्तर्गत खुलातर्फ २ लाख १९३ हजार ९०२, जनजातिमा २२ हजार २२४, मधेसीतर्फ १३ हजार ५३, दलिततर्फ १ हजार ५५७, अपांगता भएकातर्फ ८८ र पिछडिएका वर्गतर्फ ६८ जनाको आवेदन परेको छ ।

आवेदनबापत झण्डै ५ करोड राजस्व संकलन भएको छ । आयोगका अनुसार ४ करोड ३७ लाख २४ हजार १५० रुपैयाँ राजस्व संकलन भइसकेको छ ।

प्राविधिक समस्याका कारण आवेदन दिन नपाएको गुनासोपछि आयोगले समयावधि आगामी १० असार सम्मका लागि थप गरेको छ । आवेदकले भने अझै समस्या रहेको बताँउदै आएका छन् ।
राजधानीबाट

Skip This
Skip This
Logo