काठमाडौं,
साढे ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दामा पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ । उक्त मुद्दामा न्यायिक विचलन भएको आशंकामा छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा उच्च अदालत विराटनगरका तत्कालीन पाँच न्यायाधीशमाथि कारबाही सिफारिस गरिएको छ ।
‘प्रतिवेदनको पोको खोलियो । अध्ययन गर्दा दुई जनाको अवस्था गम्भीर खालकै छ । तीन जनालाई स्पष्टीकरण सोधेर केही न केही गर्नुपर्ने देखिएको छ,’ परिषद्का एक पदाधिकारीले भने, ‘एक जनालाई सचेत गर्नुपर्ने हुन सक्छ ।’
छानबिन प्रतिवेदनमाथि छलफलका लागि मंगलबार न्याय परिषद् बैठक बसेको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निर्देशन अनुरूप पदाधिकारी बैठक डाकिएको हो। न्यायाधीश छानबिनका लागि न्याय परिषद्ले गत चैत २५ गते सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेको अध्यक्षतामा न्यायाधीश मीरा खड्का र विश्वम्भरप्रसाद श्रेष्ठ सदस्य रहेको समिति गठन गरेको थियो । चालिसे समितिले अघिल्लो साता प्रधानन्यायाधीशसमक्ष प्रतिवेदन बुझाएको थियो ।
सुन तस्करीका अभियुक्तको सुनुवाइ प्रकरणमा संलग्न उच्च अदालत विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डा. कुलरत्न भूर्तेल, न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल, उमेशकुमार सिंह, जनक पाण्डे र साधुराम सापकोटालाई परिषद्मा तानिएको थियो। यीमध्ये न्यायाधीश कर्ण र पौडेल अवकाश भइसकेका छन्। ‘प्रतिवेदन लामै छ। मोटामोटी छलफल सकिएको छ। बुधबारमात्र निर्णयको माइन्युटमा हस्ताक्षर हुन्छ,’ स्रोतले भन्यो।
अन्नपूर्णबाट































प्रतिक्रिया