कांग्रेस नेता खतिवडाको प्रश्न, ‘राष्ट्रपति नेपालकै हो की ओली को ?’

कांग्रेस नेता खतिवडाको प्रश्न, ‘राष्ट्रपति नेपालकै हो की ओली को ?’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले पदको दुरुपयोग गरेका कारण राष्ट्रपति र प्रधानमन्त्री दुवैले राजीनामा दिनु पर्ने बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै उनले राष्ट्रपति र प्रधानमन्त्री दुवैले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘नैतिकता छ भने पदको दुरुपयोग गरेका कारण राष्ट्रपति र प्रधानमन्त्री तपाईंहरु दुवैले राजीनामा दिनु पर्ने हो ।’ उनले भनेका छन्, ‘यस्तो लाजमर्दो काम राष्ट्र प्रमुख र सरकार प्रमुखले संसारमा काहिँ गर्दैनन् ।’

खतिवडाले सरकारको काम गराईले देश र जनताको बेइज्जत भएको बताउँदै प्रश्न गरे, ‘राष्ट्रपति नेपालकै हो कि ओली को ? जवाफ चाहियो।’

नैतिकता छ भने पदको दुरुपयोग गरेको कारण राष्ट्रपति र प्रधानमन्त्री तपाईंहरु दुबैले राजीनामा दिनु पर्ने हो । तर यस्तो लाजमर्दो काम राष्ट्र प्रमुख र सरकार प्रमुखले संसारमा काहिँ गर्दैनन् ।
देशको र हामी सबै नेपालीको बेइज्जती भयो। अब पनि राष्ट्रपति नेपालकै हो कि ओलि को ?
जवाफ चाहियो ।

सरकारले संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको २४ घण्टा नबित्दै फिर्ता लिने निर्णय गरेपछि खतिवडाले यस्तो टिप्पणी गरेका हुन् ।

Skip This
Skip This
Logo