काठमाडौं,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन पिपरा सिमरा गाउँ विकास समिति बाराका सचिव विजयकान्त झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
साविक गाविसका लागि प्राप्त भएको सरकारी रकम हिनामिना गरेको आरोपबारे छानबिन गर्दा सचिव झाले ६३ लाख १ हजार ७७१ बराबरको अनियमितता गरेको पाइएको आयोगले जनाएको छ ।
सरकारी स्रोतबाट प्राप्त भएको रकम बदनियत राखी हिनामिना गरेको पाइएकाले बिगो असुल गरी कैद सजायको समेत माग गर्दै विशेष अदालतमा मंगलबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया