आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को उत्कृष्ट बलिङ, आलमले लिए चौथो विकेट

आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को उत्कृष्ट बलिङ, आलमले लिए चौथो विकेट

केन्द्रबिन्दु
39
Shares

नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’विरुद्ध उत्कृष्ट बलिङ गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला बलिङ रोजेको नेपालका लागि साहव आलमले चौथो सफलता दिलाएका छन् । सातौं ओभरको चौथो बलमा उनले मोर्गान टपिङलाई २ रनमै आउट गरे । यसअघि पाँचौं ओभरको दोस्रो बलमा उनले ओपनर स्टेफेन डोहेनीलाई पनि २ रनमै आउट गरेका ।

हाल आयरल्यान्ड ‘ए’ले २ विकेटको क्षतिमा २१ रन मात्रै जोडेको छ । यसअघि १७ रन बनाइसकेका पिटर मूरको सागर ढकालले विकेट लिएका थिए । साथै
पहिलो ओभरको पाँचौं बलमा अर्का ओपनर जेम्स एमसीकोलुम शून्यमै आउट भएका थिए । कमलसिंह ऐरीको बलिङमा आलमले नै रनआउट गरेका थिए ।

Skip This
Skip This
Logo