प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा नाराबाजी गरेपछि बैठक स्थगित गरिएको छ । बैठक स्थगित भएसँगै प्रधानमन्त्री केही शर्मा ओलीले गर्न लागेको सम्बोधन पनि स्थगित भएको छ।
प्रधानमन्त्रीले समसायिक राजनीतिक विषय र युरोप भ्रमणबारे सम्बोधन गर्ने कार्यतालिका थियो । सम्बोधनका लागि प्रधानमन्त्री ओली रोष्टममा पुगेका थिए।तर, कांग्रेसले त्यस अघि नै आफुहरुले बोल्न पाउनुपर्ने माग राखेर रोष्टम घेराउ गर्दै नाराबाजी गरेरहेपछि बैठक स्थगित गरिएको हो ।
संसद सचिवालयले प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने गरी कार्यसूचि तय गरेको थियो । तर कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा जनताका तर्फबाट आफूहरुले कुरा राख्न पाउनु पर्ने र त्यसका लागि प्रधानमन्त्री ओलीले भन्दा पहिले दलका नेता शेरबहादुर देउवाले बोल्न पाउनु पर्ने अडान लिएपछि विवाद भएको हो ।
बैठक बुधबार ११ बस्ने भएको छ।





























प्रतिक्रिया