टिभिएसको एक घर एक टिभिएस अभियान

टिभिएसको एक घर एक टिभिएस अभियान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपालका लागि टिभिएस टु ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले देशभर प्रत्येक घरमा टिभिएस बाइक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सँगको सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दिपककुमार अग्रवालले गरेका थिए । त्यसैगरि प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिति रहेको थियो । अतिथिको रुपमा नाटुका सम्पूर्ण पदाधिकारीको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा टिभिएस सर्भिस हेड अमर दीप मजुमदरले सहभागीलाई स्वागत गरेका थिए ।

Skip This
Skip This
Logo