छलफलपछि प्रधानमन्त्रीले भने, ‘गुठी विधेयकबारे गम्भीर छलफल हुन्छ’

छलफलपछि प्रधानमन्त्रीले भने, ‘गुठी विधेयकबारे गम्भीर छलफल हुन्छ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गुठी विधेयकमा देखिएका समस्याबारे मन्त्रिपरिषदमा गम्भीर छलफल हुने भएको छ । गुठी विधेयकको विरोधमा उपत्यकाबासी आन्दोलनमा होमिइरहेका बेला प्रधानमन्त्रीले काठमाडौंका जनप्रतिनिधिहरुलाइृ छलफलका लागि बोलाएका थिए ।

सोमबार दिउँसो बालुवाटारमा तीन घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओलीले यस विषयमा मन्त्रिपरिषद् बैठकमा गम्भीर छलफल गरिने बताएका हुन् ।

उपत्यकाका जनप्रतिनिधिहरूका कुरा सुनिसकेपछि प्रधानमन्त्री ओलीले यो विषयमा मन्त्रिपरिषद् बैठकमा छलफल गरेर न्यायोचित निर्णयमा पुग्ने बताएका हुन् ।

दिउँसो ३ बजेदेखि करिब तीन घण्टा भएको छलफलमा उपत्यकाका अधिकांश जनप्रतिनिधिले गुठी विधेयक संस्कृति, कला र परम्पराको बर्खिलापमा भएको भन्दै सो विधेयक फिर्ता लिन माग गरेका थिए ।

छलफलमा सहभागीहरुले विधेयक फिर्ता नलिएसम्म काठमाडौंमा जारी आन्दोलन झन् ब्यापक हुने भएकाले तत्कालै विधेयक फिर्ताको घोषणा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

छलफलमा भक्तपुर २ का सांसद महेश बस्नेत, नेकपाका ललितपुर क्षेत्र नम्बर २ का सांसद कृष्णलाल महर्जन, ललितपुर जिल्लाका तर्फबाट सांसद पम्फा भुषाल, काठमाडौंबाट कृष्णगोपाल श्रेष्ठ र जीवनराम श्रेष्ठ, सचिवालय सदस्य माधवकुमार नेपाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखेल, नेकपा महासचिव विष्णु पौडेल, भूमि व्यवस्था गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याल लगायतको सहभागीता रहेको थियो ।

बैठकमा अधिकांशले तत्काल गुठी विधेयक फिर्ता लिनुपर्ने धारणा अघि सारेका थिए । तर सांसद महेश बस्नेतले भने फरक धारणा राखे । सांसद बस्नेतले बेला घर्किसकेपछि सरोकारवालाहरूसँग छलफल भएको टिप्पणी गरे । उनले अब विधेयक फिर्ता लिने भन्दा पनि संशोधन गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

Skip This
Skip This
Logo