इन्धनको मुल्य घट्यो

इन्धनको मुल्य घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाएको हो ।

कायम गरिएको नयाँ मूल्य अनुसार काठमाडौंमा पेट्रोलको १ सय ८ रुपैयाँ, डिजेल र मट्टितेलको ९६.५० रुपैयाँ प्रतिलिटर भएको छ । हवाई इन्धन र एलपी ग्याँसको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको आयल निगमले जनाएको छ । नयाँ मुल्य गएरातीदेखि नै लागू हुने पनि निगमले जानकारी दिएको छ ।

Logo