काठमाडौं । अब नेपाली होस् वा हिन्दी फिल्म नेपालमा शुक्रबार नै रिलिज हुने भएका छन् । सबै प्रकारको नयाँ फिल्म नेपालमा शुक्रबार मात्र रिलिज हुने चलचित्र विकास बोडले जनाएको छ ।
विकास बोर्डले शुक्रबार मात्र नेपाली फिल्म रिलिजको विरुद्धमा फिल्म बितरक कम्पनी ब्याङ्कटेस ईन्टरटेन्मेन्टले जिल्ला अदालत काठमाडौंमा मुद्धा दर्ता गरेको थियो ।
त्यसमाथि कार्वाही गर्दै जिल्ला अदालतले चलचित्र विकास बोर्डलाई विपक्ष बनाउँदै फिल्म भारत बुधबार रिलिज नरोक्न स्टे अर्डर दिएको थियो । सोही कारण भारत बुधवार नै नेपालभर रिलिज भएको थियो ।
चलचित्र विकास बोर्डले नेपाली फिल्मको प्रवद्र्धनको लागि सबै फिल्म शुक्रवार नै रिलिज बोडले गरेको निर्णय काठमाडौं जिल्ला अदालतलाई स्पष्टिकरणको रुपमा पठाएको थियो ।
चलचित्र विकास बोर्डले दिएको स्पष्टिकरणपछि काठमाडौं जिल्ला अदालतले अघिल्लो स्टे अर्डर खारेज गरेको हो । अब सोही प्रकृतिका मुद्धाहरु समेत अदालतमा नजाने बोर्ड अध्यक्ष केशव भट्टराईले जानकरी दिए ।































प्रतिक्रिया