कोशी प्रदेशः माओवादीपछि एमालेले पनि फिर्ता लियो समर्थन

कोशी प्रदेशः माओवादीपछि एमालेले पनि फिर्ता लियो समर्थन

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन माओवादी केन्द्रले फिर्ता लिएसँगै नेकपा (एमाले)ले पनि फिर्ता लिएको छ।

एमालेले सोमबार नै प्रदेशसभा सभामुखलाई भेटेर पत्र दर्ता गराउँदै कार्की सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएको हो।

आजै केही समय अगाडि माओवादीले पनि मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो। समर्थन फिर्तासँगै माओवादीका मन्त्रीहरूले राजीनामा बुझाएका थिए। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै प्रदेशमा पनि नयाँ सरकार बनाउने कसरतस्वरुप कार्की सरकालाई दिएको समर्थन फिर्ता गरिएको हो।

Skip This
Skip This
Logo