सांसद डा. शर्मा केएमसीकाे टाेलीसहित म्याग्दीकाे बाबियाचौरमा, २५ सय बढीले गराए उपचार

सांसद डा. शर्मा केएमसीकाे टाेलीसहित म्याग्दीकाे बाबियाचौरमा, २५ सय बढीले गराए उपचार

केन्द्रबिन्दु
111
Shares

काठमाडौं मेडिकल कलेज (केएमसी)ले म्याग्दीको मंगला गाउँपालिकास्थित बाबियाचौरमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा सञ्चालन भएको स्वास्थ्य शिविरमा २ हजार ५५६ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सो क्रममा १८१ जनाको इसिजी, २२१ जनाको ल्याव टेष्ट, २० जनाले युएसजी सेवा लिएका छन् । साथै, ९५ जनाको इको गरिँदा ११३ जनाको भने दाँत खोलिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए ।

जटिल प्रकृतिका ११५ विरामीलाई थप उपचारका लागि ओटी रेफर गरिएको छ ।

मंगला गाउँपालिकाको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविर कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष सुतप्रसाद रोक्काले गरेका थिए । प्रमुख अथितिमा नेपाली कांग्रेस जिल्ला सभापति तथा सांसद खमबहादुर गर्बुजा रहँदा सांसद डा. शर्मा विशिष्ट अथिति थिए । साथै संविधानसभा सदस्य रेसम बानिया, गण्डकी प्रदेश सभा सदस्य बिमला गाैचन, पूर्वसभापति (खाेटाङ) सुभास पाेखरेललगायतकाे पनि उपस्थितिकाे थियाे ।

पछिल्लो समय सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यहीबीचमा उनी म्याग्दीसहित विभिन्न छ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछन् । यसअघि पूर्वी रुकुमकाे रुकुमकोटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए ।

Skip This
Skip This
Logo