‘राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमतिको हल्ला निराधार’ : प्रचण्डको निजी सचिवालय

‘राजनीतिक प्रस्ताव फिर्ता गर्ने सहमतिको हल्ला निराधार’ : प्रचण्डको निजी सचिवालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालयले अध्यक्षद्वयबीच आदानप्रदान भएका पत्र र राजनीतिक प्रस्ताव फिर्ता लिने सहमति भयो भनेर हल्ला मात्र फैलिएको बताएको छ ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार भएको प्रष्ट पारेका हुन् । उनले सबै प्रस्ताव पार्टीको स्थायी समिति र केन्द्रीय समितिमा छलफल हुने बताए ।

‘बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्न बाँकी छ ’, प्रेस संयोजक सापकोटाले भने, ‘राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु ।’

यसअघि बालुवाटार स्रोतले भने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीच आदानप्रदान भएका पत्र फिर्ता गर्ने सहमति भएको जानकारी दिएको थियो ।

उता वरिष्ठ नेता माधवकुमार नेपाल निकट स्रोतले समेत पत्र फिर्ता लिन भएको मागप्रति छलफलमा असन्तुष्टि राखेको प्रष्ट पारेको छ । प्रधानमन्त्री ओली पक्षले पत्र र राजनीतिक प्रतिवेदन फिर्ताको माग गरे पनि त्यो अस्वीकार गरिएको प्रचण्ड र नेपाल पक्षको दाबी छ ।

बालुवाटारमा ओली र प्रचण्डबीचको छलफलमा मंगलबार राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने र राष्ट्रपति समक्ष संसदको अधिवेशनको माग गर्दै नेकपा सांसदले पेश गर्न लागेको आवेदन पनि फिर्ता गर्ने सहमति मात्र भएको प्रष्ट पारेका छन् ।

सोही सहमति अनुसार स्थायी कमिटी बैठकले निर्णय गरेको प्रचण्ड र नेपाल समूहको भनाइ छ ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo